काठमाडौं । पेसएक्स स्पोर्ट्सको आयोजनामा साउन १५ गतेदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड’ खुल्ला फुटसल प्रतियोगिता सुरु भएको छ। बुढानिलकण्ठस्थित कुपन स्पोर्ट्स सेन्टरमा एक विशेष समारोहका बीच प्रतियोगिताको भव्य उद्घाटन गरिएको हो।
कार्यक्रमको उद्घाटन पेसएक्स स्पोर्ट्सकी अध्यक्ष संगीता कर्ण, मानव संसाधन निर्देशक कुन्दन कर्ण, तथा कार्यकारी निर्देशक डा. रेशव दास लगायतका अतिथिहरूले संयुक्त रूपमा गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष संगीता कर्णले पेसएक्स स्पोर्ट्स नेपालको पहिलो पूर्ण स्तरीय खेलकुद प्रशिक्षण तथा व्यवस्थापन कम्पनी भएको बताइन्। “नेपालमा खेलकुदको अपार सम्भावना छ, तर ग्रासरुट तहमा गुणस्तरीय प्रशिक्षण र दीर्घकालीन दिगोपनको कमी छ,” कर्णले भनिन्, “ती चुनौतीलाई सम्बोधन गर्दै नेपाली खेलकुदको भविष्य रूपान्तरण गर्न हामी अन्तर्राष्ट्रिय प्रविधि र स्थानीय लगावलाई जोडेर अघि बढेका छौँ।”
उनका अनुसार पेसएक्स केवल एउटा प्रशिक्षण केन्द्र मात्र नभई खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र र खेलकुद निकायहरूलाई जोड्ने साझा मञ्चको रूपमा ।






