back to top
22 C
Kathmandu
Thursday, July 9, 2026

सखुवा प्रसौनी गाउँपालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामजी यादव २४असाढ पर्सा # सखुवा प्रसौनी गाउँपालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादवले जनताका हरेक समस्या, गुनासा तथा सुझावलाई गम्भीरतापूर्वक लिएर आवश्यक समाधानका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले पारदर्शिता, सुशासन र जनउत्तरदायी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नागरिकका समस्याको समयमै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सार्वजनिक सुनुवाइमार्फत नागरिकले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, सामाजिक सुरक्षा लगायतका विषयमा आफ्ना जिज्ञासा, गुनासा र सुझाव राखेका थिए।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सार्वजनिक सुनुवाइलाई जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद तथा जवाफदेहिता अभिवृद्धि गर्ने प्रभावकारी माध्यमका रूपमा बताएका थिए।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय