धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार आज बिहान करिब ३ बजे गोप्य सूचनाका आधारमा पुगेको टोलीले ८ वटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको हो।

प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्दा नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गरिएको थियो।

पक्राउ पर्नेहरूमा सप्तरीका चार जना, भारतको बिहारका एक जना र सुनसरीका एक जना रहेको विवरणमा उल्लेख छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

#Dharan #Sunsari #Ganja #NepalPolice #AayoSamachar

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय