सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलो १६० ग्राम गाँजा बरामद गरेको छ।
बुधवार राति करिब १२ बजे भारततर्फ गाँजा लैजाँदै गरेका व्यक्तिहरू प्रहरी टोलीलाई देखेपछि ९ बोरा गाँजा छाडेर फरार भएका थिए।
सशस्त्र प्रहरीका अनुसार बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।



