अर्नब चक्रवातको प्रभाव: देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले देशभर बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कोशी, मधेस, बागमती, गण्डकीसहित विभिन्न प्रदेशमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
शुक्रबार पनि देशका अधिकांश स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ। केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय