नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ। काठमाडौं गोर्खाजले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
जनकपुरका मोइन अलीले अविजित ५८ र सैफ हसनले अविजित ४० रन बनाए। दुवैले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गरे।
त्यसअघि काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो। जनकपुरका राहुल यादवले सर्वाधिक ४ विकेट लिए।
पहिलो खेलमा कर्णाली याक्ससँग पराजित जनकपुरले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ।
#NPL2026 #JanakpurBolts #KathmanduGorkhas #AayoSamachar



