नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।
यस प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन्। प्याकेजमा ३३३ मिनेट अननेट भ्वाइस कल गर्न सकिने सुविधा र प्रतिदिन ८ जीबी डेटा उपलब्ध हुनेछ।
आज कात्तिक १० गतेदेखि आगामी मंसिर ५ गतेसम्म यो प्याकेज खरिद गर्न सकिनेछ। प्याकेजको समयावधि ३० दिनको हुनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताले खरिद गरेको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ।
‘एनपीएल अनलिमिटेड प्याकेज’ प्राप्त गर्न मोबाइलबाट *1415*93# डायल गर्न सकिनेछ। साथै, नेपाल टेलिकमको एपमार्फत पनि प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाल टेलिकम नेपाल प्रिमियर लिग सिजन–३ को आधिकारिक टेलिकम साझेदारसमेत रहेको छ। नेपाली खेलकुद क्षेत्रको विकासका लागि कम्पनीले निरन्तर सहयोग गर्दै आएको छ।



