नेपाल टेलिकमको FTTH मा नयाँ WiFi 6 प्याकेज, वार्षिक शुल्क ४,९९९ रुपैयाँदेखि

नेपाल टेलिकमले FTTH (फाइबर टु द होम) इन्टरनेट प्रयोगकर्ताका लागि WiFi 6 प्रविधिसहितका नयाँ प्याकेज उपलब्ध गराएको छ।

नयाँ प्याकेजअन्तर्गत ३० Mbps इन्टरनेटको वार्षिक शुल्क ४,९९९ रुपैयाँ, १०० Mbps को ११,४९९ रुपैयाँ, १५० Mbps को १२,९९९ रुपैयाँ र २०० Mbps को १६,४९९ रुपैयाँ तोकिएको छ।

वार्षिक प्याकेजमा ८०० देखि १,००० MB सम्म मोबाइल डाटा पनि उपलब्ध हुने जनाइएको छ। सबै प्याकेजको अवधि १२ महिना रहनेछ भने जडान शुल्क ५०० रुपैयाँ नलाग्ने व्यवस्था गरिएको छ।

यी अफर २०८३ असोज ३० गतेदेखि लागू हुनेछन्।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय