लगातार चौथो दिन घट्यो सुन–चाँदीको मूल्य, आज सुन तोलाको २ लाख ६७ हजार २०० रुपैयाँ

नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार चौथो दिन पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेर २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।

#GoldPrice #SilverPrice #Nepal #AayoSamachar

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय