नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार चौथो दिन पनि घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेर २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।
#GoldPrice #SilverPrice #Nepal #AayoSamachar



