नवनियुक्त बीमा प्राधिकरण अध्यक्षलाई नेपाल बीमा संघको बधाई, बीमा क्षेत्रको विकासमा सहकार्य गर्ने प्रतिबद्धता

नेपाल बीमा संघद्वारा नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षज्यूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

नेपाल बीमा संघको तर्फबाट अध्यक्षज्यू लगायत आबद्ध सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको प्रतिनिधिमण्डलले आज नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षज्यूको कार्यकक्षमा शिष्टाचार भेटघाट गरेको छ।

उक्त अवसरमा संघको तर्फबाट अध्यक्षज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

भेटका क्रममा नेपालको बीमा क्षेत्रको समग्र विकास, विस्तार तथा सुदृढीकरण, बीमा सेवाको पहुँचमा अभिवृद्धि, बीमितको हित संरक्षण तथा बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने विषयमा छलफल भएको थियो।

साथै, नेपालको बीमा क्षेत्रको विकासका लागि नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूबीच आपसी समन्वय, सहकार्य र सहकार्यात्मक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत विचार आदानप्रदान गरिएको थियो।

नेपाल बीमा संघले नवनियुक्त अध्यक्षज्यूको सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय