सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९३० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ३ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय