सानेपामा विमलेन्द्र निधिमाथि दुर्व्यवहार गर्ने व्यक्ति बैंक लुटपाटमा सजाय काटेका व्यक्ति

काठमाडौं : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिमाथि सानेपामा दुव्र्यवहार गर्ने व्यक्ति बैंक लुटपाटमा सजाय काटेका व्यक्ति भएको खुलेको छ । नुवाकोट बेलकोटगढी ७ का उनी कल्याण नेपाल रहेको खुलेको छ । नुवाकोट घर भएका पब्लिक युथ क्याम्पसका स्ववियु सभापति नविन पाण्डेले नेपालबारे आफ्नो फेसबुकमै लेखेका छन् ।

‘यो ६२/६४ साल तिर बिशालबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको ब्रान्च बाट २ करोड रकम लुटेर धादिङ गल्छीको भल्टारमा (कल्बोटमा) पैसा राखेर साइकल चढेर मलेखु गएर सुत्ने मानिस हो पछि पक्राउ परी जेल सजाय बिताएर निस्केका कल्याण नेपाल नामका फटाह हुन्। यस्तो फटाहले आदर्श नीति नियम निष्ठाको पाठ सिकाएछ। केही काङ्ग्रेसीहरू यस्ता अर्धपागललाई उचालेर नियोजित रुपमा अरुका विरुद्ध प्रयोग गरिरहेका छन्,’उनले लेखेका छन् ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय