back to top
21.4 C
Kathmandu
Monday, July 6, 2026

नोबेल मेडिकल कलेजमा एपिलेप्सी शल्यक्रियासम्बन्धी अन्तर्राष्ट्रियस्तरको सिम्पोजियम सम्पन्न

विराटनगर — नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एपिलेप्सी शल्यक्रियासम्बन्धी चौथो एनआइएनएस (NINS) सिम्पोजियम सफलतापूर्वक सम्पन्न भएको छ। “एपिलेप्सी शल्यक्रियामा प्रगति” विषयक उक्त सिम्पोजियम २०८२ साल चैत २० र २१ गते (३–४ अप्रिल २०२६) आयोजना गरिएको हो।

न्युरोसाइन्स इन्स्टिच्युट अफ नोबेल (NINS) को आयोजनामा सम्पन्न कार्यक्रम अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेस (ANINAS) को सहकार्यमा गरिएको थियो। सिम्पोजियमका कोर्स निर्देशक प्रा. डा. प्रकाश काफ्ले रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्रा. डा. बसन्त पन्त सहभागी हुनुभएको थियो।

कार्यक्रमको अवसरमा NINS र ANINAS बीच आपसी सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ। उक्त समझदारीपत्रमा नोबेल मेडिकल कलेजका तर्फबाट डा. प्रकाश काफ्ले र अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेस (ANINAS ) को तर्फबाट डा. बसन्त पन्तले हस्ताक्षर गर्नुभएको हो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय