back to top
28.1 C
Kathmandu
Friday, April 24, 2026

कनेक्ट जापान एजुकेसन कन्सल्टेन्सीको आयोजनामा देशभर जापान अध्ययन सम्बन्धी सेमिनार सम्पन्न

जापान जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी कनेक्ट जापान एजुकेसन कन्सल्टेन्सीको आयोजनामा काठमाडौं लगायत सुनसरी, मोरङ, बुटवल तथा देशका विभिन्न प्रमुख स्थानहरूमा जानकारीमूलक जापान अध्ययन सेमिनारहरू सफलतापूर्वक सम्पन्न भएका छन्।

उक्त कार्यक्रममा जापानबाट आएका विभिन्न प्रतिष्ठित कम्पनीका उच्च पदाधिकारी तथा वरिष्ठ प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। जापानबाट प्रत्यक्ष रूपमा उपस्थित भएका कम्पनी प्रतिनिधिहरूले सेमिनार सञ्चालन गर्दै विद्यार्थीहरूलाई आवश्यक जानकारी प्रदान गरेका थिए।

विदेश अध्ययनका लागि जापान जाने विद्यार्थीहरूले भविष्यमा कुनै कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा जापानको शैक्षिक प्रणाली, अध्ययनसँगै रोजगारीका अवसर, भिसा प्रक्रिया, काम गर्ने वातावरण तथा जापानको जीवनशैलीबारे विस्तृत जानकारी दिइएको थियो।

कनेक्ट जापान एजुकेसन कन्सल्टेन्सीले काठमाडौंसँगै सुनसरी, मोरङ, बुटवल लगायत देशका विभिन्न भागहरूमा निरन्तर रूपमा यस्ता सेमिनारहरू आयोजना गर्दै आएको र आगामी दिनहरूमा पनि अझ विस्तारित रूपमा सञ्चालन गरिने जानकारी दिएको छ।

कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले सेमिनार अत्यन्तै प्रभावकारी, जानकारीमूलक र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्। विदेश अध्ययनको योजना बनाइरहेका विद्यार्थीहरूका लागि यस्ता प्रत्यक्ष सेमिनारहरू अत्यन्तै उपयोगी र महत्वपूर्ण हुने उनीहरूको भनाइ रहेको छ।

कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूलाई कनेक्ट जापान परिवारले हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गरेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय