back to top
28.1 C
Kathmandu
Friday, April 24, 2026

नेपाल टेलिकमको VAS सेवा प्रणालीमा SMS मा आधारित VAS सेवा प्रवाह गरिरहे

नेपाल टेलिकमको VAS (Value Added Services) सेवा प्रणालीमा आवद्ध भई SMS मा आधारित VAS सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकले आफ्नो व्यापार व्यवसाय भन्दा फरक राजनीतिक प्रकृतिको सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरुमा समेत प्रवाह गरिरहेको र यस सम्बन्धमा सेवाग्राहीको गुनासो समेत प्राप्त भएको छ ।

नेपाल टेलिकमले विभिन्न व्यापार व्यवसाय प्रवद्र्धनका लागि SMS प्रवाह गर्न विभिन्न सेवा प्रदायकहरुलाई स्वीकृति दिने गरेको छ । तर नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध गराउँदैन ।

सम्बन्धित सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गिय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पु¥याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराइएको छ । आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न सबै सेवा प्रदायकहरुलाई अनुरोध छ ।

नेपाल टेलिकम सेवाग्राहीको गोपनियताप्रति सदैव संवेदनशील रहेको र आगामी दिनमा समेत गोपनियताको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय