back to top
26.1 C
Kathmandu
Sunday, April 26, 2026

ल्याण्डफिल साइट बञ्चरेडाँडामा महानगरले सीसीटीभी क्यामरा जडान गरे

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा रहेको ल्यान्डफिल साइटमा सीसीटीभी क्यामरा जडान गरेको छ। संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको महानगरपालिकाले जनाएको छ। क्यामराबाट प्राप्त दृश्य महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्य कक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ ।

फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सिमाना बञ्चरेडाँडामा महानगरले सीसीटीभी क्यामरा जडान गरेको हो ।

साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको हो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय