रामजी यादव २२सावन पर्सा# विन्दवासिनी गाउँपालिका वडानं.१गर्दौल स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस बहुअर्वा -भाठा पर्साबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक भिम बहादुर क्षेत्रीको कमाण्डमा ५ जना गाडीमा मोबाईल टोली र सशस्त्र प्रहरी बल नं.१३गण हेड.क्वा.पर्साबाट खटिरहेको सशस्त्र प्रहरी सहायक निरीक्षक सुजय कुमार सिंहको २जना सहितको संयुक्त टोली देख्नासाथ भारतबाट अबैधरुपमा साईकलमा लोडगरि नेपाल तर्फ ल्याउदै गरेको रु.(२१०००/-)बराबरको २४ओटा ७० के.जी प्रतिबन्धित ब्रोईलर कुखुरा छोडी ब्यक्ती साईकल लिई भागी गएको हुदा उक्त कुखुरा नियणत्रणमा लिई सशस्त्र प्रहरी बल सुरक्षा बेस बहुअर्वा-भाठाको पेरिमिटर भित्र खाल्टो खनी स्थानिय बासिन्दा,वडा सदस्य , विन्दवासिनी गाउँपालिकाका पशु चिकित्सक,पत्रकारको रोहब्बरमा नष्ट गरिएको छ।भारतबाट हुने अबैध तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल नं.१३गण हेड.क्वा.पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचनद्र भट्टले बि.ओ.पीका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ।भारत र नेपालको सिमावर्ती क्षेत्रमा अबैध क्रियाकलाप हुन नदिन पर्साका बि.ओ.पी प्रमुखलाई कडा सुरक्षाको ब्यवस्था मिलाउन आदेश दिएका छन
सशस्त्र प्रहरी बल पर्सा द्बारा २४ ओटा अबैध ब्रोईलर कुखुरा बरामद गरि नष्ट गरियो।
सम्बन्धित लेखहरू



