सशस्त्र प्रहरी बल पर्साले जम्मा गरि रु.१३,८०,९६०।-मुल्य बराबरको सामानहरु भन्सारमा बुझायो

रामजी यादव १७ जेष्ठ पर्सा# सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.ड्राईपोर्टबाट खटिएको सशस्त्र प्रहरी टोलिले बिरगंज महानगर पालिका -२५ स्थित चण्डालचौकमा भारतबाट अवैध रुपमा भन्सार छलि गरि प्रदेश नं.-२-०३-००१ स ४२६४ नम्बरको ई-रिक्सामा लोड गरि ल्याउँदै गरेको मुल्य रु.२,७०,०००।-बराबरको मोटर पार्टस र मुल्य रु.२,००,०००।- बराबरको ई-रिक्सालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको,साथै सोही दिन विशेष सूचनाको आधारमा जिल्ला पर्सा बीरगंज महानगर पालिका-१६ नगवा गाउँ स्थित डम्पिङ्ग साईडबाट सशस्त्र प्रहरी बल नेपाल प्र.सी.सु.गुल्म बीरगंजबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि ४ वटा साईकलमा लोड गरि वीरगंज तर्फ ल्याउँदै गरेको मूल्य रु.८,३६,९५०।- बराबरको मोबाईल पार्ट्स्, फुटबल जुत्ता लेडिज तथा जेन्ट्स जुत्ताहरु साथै उक्त सामानहरु ढुवानी गर्न प्रयोग गरिएका ४ वटा साईकल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ।

यसैगरि सोही समयमा भकुवा र नगवा ईलाकाबाट रु.७३,८००।- बराबरको कपडा र किराना सामान समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नं.१३गण पर्साका सुचना अधिकारी तथा सशस्त्र प्रहरी नायब-उपनिरीक्षक देबेन्द्र बहादुर सिहंले बताउनु भयो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय