रामजी यादव १०असाढ पर्सा#
सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा, प्र.सी.सु.गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा वीरगंज महानगर पालिका-१६, नगवा टोल स्थित रमुना सहनीको तिनतल्ले पक्की घरको ग्राउण्ड फ्लोअरको कोठामा भारतबाट अबैध रुपमा भन्सार छली गरि ल्याई लुकाई छिपाई गोदाममा भण्डारण गरि राखेको अवस्थामा मुल्य रु. ५,५७,७००।-बरावरको Wheel chair (कुर्सी) RevolvingChair, जिरा, सोफा कभर तथा उक्त कार्यमा प्रयोग गरिएको एउटा मोटरसाईकल समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सुचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।
सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा रु.६,६९,७००।-बराबरको सामान बरामद गरि भन्सार दाखिला/
सम्बन्धित लेखहरू



