श्री ने.रा.मा.बि डोकैला बहुअरीका शिक्षक मिश्रको हिजो बिदाई

रामजी यादव ९ चैत्र पर्सा#
श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय डोकैला बहुअरीका शिक्षक नर्मदेश्वर मिश्रको हिजो बिदाई भएको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डोकैला बहुअरीका प्रा.बि द्वितिय तहका शिक्षक नर्मदेश्वर मिश्र ३६बर्ष ११महिना ४दिन डोकैला बहुअरीको बिधालयमा कार्यरत रहि अन्य बिधालय गरि कुल ४१ बर्ष ११ महिना २ दिन सम्म शिक्षण पेशामा कार्यरत रहि विधार्थीहरुलाई पठन -पाठन गराउदै आएका थिए ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डोकैला बहुअरीमा हिजोको मितीमा (रिटायर) अवकास पाएपछि सो बिधालयका सम्पूर्ण शिक्षक तथा बिधार्थीहरु भब्यरुपमा स्वागत गरि बिदाई गरेका हुन ।

श्री ने. रा.मा. बि. डोकैला बहुअरीका शिक्षक नर्मदेश्वर मिश्रको उच्च सोच र ब्यवहार प्रति आकर्षित भएर बिधालयका कार्यरत सम्पुर्ण शिक्षकहरु उहालाई टिका लगाई दोसल्ला ओढाई उच्च सम्मानका साथ बिदाई गरिएको शिक्षक संजय यादवले बताए ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत प्राध्यापक शिक्षक अजय यादव ,शिक्षक संजय यादव,राम बालक यादव,राजेश ठाकुर लगायत विधार्थी स्थानिय बुद्धिजीवी लगायतकाले भब्य स्वागत गरेका छन।शिक्षक नर्मदेश्वर सरलाई शिक्षकहरु भब्य स्वागत गरि आ-आफ्नो मोटलसाईकलमा घर सम्म पुर्याई फर्केका छन।रिटायर शिक्षक नर्मदेश्वर मिश्रको कार्यकाल आजदेखि समाप्त भएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय