रामजी यादव २ असाढ पर्सा#
पोखरियाको हनुमान मंदिरमा लघुबित्त तथा बित्तिय शोषण बिरुद्ध सघर्ष समिती नेपालले बिरोध प्रदर्शन तथा धर्ना कार्यक्रम सम्पन्न गरेको छ। बिभिन्न लघुबित्त तथा बित्तिय संस्थाहरुले बचतकर्ताको रकम हिनामिना गरेको बिरोधमा लघुबित्त तथा बित्तिय शोषण बिरुद्ध सघर्ष समिती नेपालले बचतकर्ताको रकम फिर्ता गर्न पटक -पटक दबाव दिए पनि लघुबित्त तथा बित्तिय संस्थाहरुले आनाकानी गर्दै आएकोले बिरोध प्रदर्शन तथा धर्ना कार्यक्रम गर्नु परेको लघुबित्त तथा बित्तिय शोषण बिरुद्ध सघर्ष समितीका मधेश प्रदेश सचिव तथा पर्सा जिल्ला अध्यक्ष शिवजी साहले बताए। बिभिन्न लघुबित्त तथा बित्तिय संस्थाहरुमा गरिब, असहाय ,पिडीत, दलित र निमुखा जनताहरुले बचत गरेको रकम हिनामिना गरि अहिले सम्म फरार रहेका लघुबित्त तथा बित्तिय संस्थाहरुका मालिकलाई बर्तमान सरकारले संरक्षण गरेको भन्दै लघुबित्त तथा बित्तिय शोषण बिरुद्ध सघर्ष समितीका केन्द्रिय अध्यक्ष मणीराम गेवलीले बताउनुभयो।
लघुबित्त तथा बित्तिय संस्थाहरुमा बचतकर्ताको रकम फिर्ता गर्ने सम्बन्धमा पठाइएका चिठी पत्रलाई मुल्यांकन नभएपछि सम्पूर्ण बचतकर्ता महिला तथा पुरुषले लघुबित्त बित्तिय मुर्दाबाद सघर्ष समिती जिन्दावाद भन्ने नारा बाजी गरि सो पत्रलाई जलाएका हुन। लघुबित्त तथा बित्तिय संस्थाहरुको दलाल र घुस पैठियालाई बहिस्कार गर बचतकर्ताको रकम फिर्ता गर ,नालायक सरकार मुर्दावाद जस्ता नाराबाजी तथा बिरोध प्रदर्शन गर्दै धर्नामा बसेका थिए। बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नगरे लघुबित्त तथा बित्तिय शोषण बिरुद्ध सघर्ष समिती नेपालले बिरोध गर्न कहिल्यै पछाडी नपर्ने प्रतिबद्धता गरेका छन।
बिरोध प्रदर्शन तथा धर्ना कार्यक्रममा पोखरियाका स्थानिय अगुवा तथा पूर्व वडाध्यक्ष अनिरुद्ध यादव लगायत स्थानिय बुद्धिजीबी ब्यक्तीत्वहरुको उपस्थिति रहेको थियो।



