रेशम चौधरी पक्राउबारे प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ नदिए आफूहरु सरकार छोडेर प्रदर्शनमा उत्रिने

नागरिक उन्मुक्ति पार्टीले पार्टी संरक्षक रेशम चौधरी पक्राउबारे सरकारको धारणा माग गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलीको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ नदिए आफूहरु सरकार छोडेर प्रदर्शनमा उत्रिने चेतावनी दिएका छन् ।

‘गत बैसाख १७ गते हाम्रो नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकीकरणको सन्दर्भमा हामी कार्यक्रम अगाडि बढाइरहेका थियौँ । यत्तिकैमा पूर्वमाननीय रेशम चौधरीलाई अपहरण शैलीमा एकाएक डिल्लीबजार पुर्याइयो । मिडियामा आएअनुसार महिमानसिंह विष्टले त्यो लेख्ने र पक्राउ गर्ने पूर्जी काट्नुभएको छ । न्यायालयबाट त्यसलाई फर्जी भनेर भनिएको छ ।’, सांसद चौधरीले भने, ‘तर अहिलेसम्म पनि सरकारका तर्फबाट यसमा कुनै अभिव्यक्ति नआएकाले म सो संसदलाई भन्न चाहान्छु, प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छोड्न बाध्य भएर अवरोध गर्न तयार हुन्छौँ ।’

गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रममा सहभागि हुन पुगेका रेशम चोधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाइएको थियो । सर्वोच्चले रेशमलाई थुनामा पठाउने पत्र फर्जी रहेको भनी अर्को पत्र काटेसँगै रेशम थुनामुक्त भएका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय