राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णय सार्वजनिक

मिति २०८२ श्रावण ३१ गते देखि भाद्र ६ गते सम्म राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारणी समितिको बैठक पार्टी अध्यक्ष श्री राजेन्द्र महतोज्युको अध्यक्षतामा बस्यो l पार्टीको सात दिन सम्म चलेको बैठकले निम्न बमोजिमको निर्णयहरु गरिएको छ l
१. राष्ट्रिय मुक्ति पार्टी नेपालले समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ, जसअनुसार:
नेपालको वर्तमान राजनीतिक अवस्था गहिरो संकट, सांस्कृतिक विघटन र आर्थिक दिवालियापनको स्थितिमा पुगेको छ । २०७२ को संविधानले गोर्खाली औपनिवेशिक मानसिकता लाई कानूनी रूप दिएर मधेशी-थारु, आदिवासी, मुस्लिम, दलित लगायतलाई राज्यबाट बहिष्कृत गर्यो ।हालको प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको एमाले-कांग्रेस गठबन्धन सरकारले सत्ता केन्द्रीकरण, भ्रष्टाचार, र निरंकुशता लाई बढावा दिँदै मुकुम्लुङ (ताप्लेजुङ)मा दमन, लालु यादव (सप्तरी) जस्ता उपर गोली प्रहार गरी राज्य आतंक समेत सृजना गरेको छ । उत्पीडित समुदायका अगुवा नेतृत्व नेक्रोपोल्टिक्सको शिकार हुनु परेको छ l यसो गर्न कानुन-अदालत, मिडिया, घिर्णाभाव भाष्य निर्माण, अफवाह, मोव लिंचिंग जस्ता माध्यमद्वारा योजनावद्ध सिध्याउने प्रयास गरेको थुप्रै उदाहरण छन् l
विश्वव्यापी रूपमा भई गरेका द्वन्द्व जस्तै इजरायल(पश्चिम)-इस्लामिक विश्व विच, चीन-अमेरिका विच, रसिया-युक्रेन(पश्चिमी) विच लगायत ऐतिहासिक द्वन्द्वहरु (हंटिंगटन) को थियोरी अनुसार “सभ्यताको संघर्ष”हरु हुन् l अहिले विश्वव्यापी रुपमा धर्म, संस्कृति, र पहिचान आधारित द्वन्द्वहरू तीव्र भएका छन् l यो संगै “राष्ट्रिय मुक्ति” को सवाल नयाँ ढंगले उठेको छ l अबको औपनिवेशिक मुक्तिका सवाल राजनीतिक स्वतन्त्रता मात्र होइन, सामाजिक-आर्थिक-सांस्कृतिक पुनर्स्थापनाको लहर चलेको छ, जसले ज्ञान एवं मनोवैज्ञानिक औपनिवेशबाट समेत मुक्त गराउने छ l यसको नेपाल प्रभावको नेतृत्व हाम्रो पार्टीले गर्ने निश्चित छ l
– यसअवस्थामा, पार्टीले सबै उत्पीड़ित समुदायहरू (मधेशी, थारू, लिम्बु, खम्बु, तामाङ, मगर, तमु, खस, नेवा:, दलित, मुस्लिम, पिछडावर्ग लगायत आदिवासी) लाई एकताबद्ध गरी बहुल-राष्ट्रिय राज्य निर्माणको एजेन्डा अगाडि बढाउँदै छ।
– पार्टीले २०८२ मा राष्ट्रव्यापी जनआन्दोलन सुरु गर्ने, सहकारी अर्थतन्त्र बढावा दिने, र अन्तर्राष्ट्रिय समुदाय (संयुक्त राष्ट्रसंघ, अधिकारवादी संगठनहरू) संग समन्वय गर्ने योजना बनाएको छ ।
– नेपालले सांस्कृतिक गुलामी, आर्थिक लुट, र राजनीतिक दिवालियापनको अवस्थाबाट मुक्त हुन सबै उत्पीड़ित समुदायहरूको एकता अनिवार्य छ। राष्ट्रिय मुक्ति पार्टी नेपाल यही युगको आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
त्यसैगरी हालै देशको विभिन्न भुभागमा आएको बाढी पहिरोको कारण भएको क्षतिको तत्काल राहत उपलब्ध गराउन तथा दीर्घकालीन समस्याको समाधान खोज्न, तराई मधेशको विभिन्न क्षेत्रमा भएको सुखाग्रस्त अवस्थाको अन्त्य गर्न मरुभूमिकरण हुनबाट बचाउन तथा खानेपानी अभावको समाधान, किसानलाई मल खादको सहज उपलब्धता, मुक्कुमलुंगमा केवलकार निर्माणकार्य पूर्णतया रोक्न, धार्केको सडक विस्तार सम्बन्धि समस्याको समाधान र सप्तरीको राजविराजमा लामो समयदेखि जारी बिटौरी सम्बन्धि जग्गाको समस्या तत्काल समाधान गर्न बैठकले सरकारसंग माग गरेको छ ।
२. पार्टीका नेताहरुले राख्नु भएको प्रस्तावहरु जस्तै, राष्ट्रीय मुक्ति क्रान्तिका सवै साधन (औजार) बीच अन्तरसम्बन्ध सम्बन्धि कार्यविधी, ग्राम गणतन्त्रको अभ्यास(ग्राम स्वराज) सम्बन्धि अवधारणा, स्वनिग: विशेष ब्यूरोको विस्तृत कार्ययोजना, नेपालको आर्थिक रुपान्तरण सम्बन्धि अवधारणा, सामाजिक सञ्जाल सम्बन्धि निर्देशिका, बैठक निर्देशिका, आचरण एवं व्यवहार सम्बन्धि निर्देशिका, लेभी निर्देशिका, आर्थिक भौतिक तैयारी सम्बन्धि अवधारणा र प्रवास संगठन सम्बन्धि निर्देशिका संशोधन सहित पारित गर्ने निर्णय गरेको छ।
३. पार्टीका सवै केन्द्रीय सदस्य/पदाधिकारीहरुलाई यहि भाद्र मसान्तसम्म सम्पत्ति विवरण भरि केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने निर्णय गरेको छ।
४. राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीबीच २०८२ श्रावण २९ गते भएको एकता उन्मुख कार्यगत एकतालाई बैठकले अनुमोदन गरेको छ। साथै दुवै पार्टी मिलि सहमति बमोजिम सामुहिक रूपमा कार्यक्रमहरुलाई अगाडि बढाउने समेत निर्णय गरेको छ।
५. काठमाडौंमा रहनुभएका मधेशीहरुको सम्मान स्वाभिमान संरक्षणको निम्ति उनीहरुलाई संगठित गर्न “स्वनिग: मधेश समन्वय समिति” गठन गर्ने निर्णय गरिएको छ, बिभिन्न जिल्लाको छुट्टाछुट्टै समन्वय मंचहरु गठन गर्ने गरी कौशल कुमार सिंह (प्रभारी), कौशलेन्द्र शर्मा (सहप्रभारी), राम प्रवेश साह (सदस्य) लाई जिम्मेवारी तोकिएको छ l
६. पार्टीले २०८२ भाद्र ८ गते देखि असोज २२ गते सम्म स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशन सिद्धान्त बमोजिम संगठन विस्तार अभियान संचालन गर्ने र पार्टीको विचार सिद्धान्तलाई जन समक्ष पुर्याउने कार्यको निमित्त पहिलो चरणमा निम्न बमोजिमका जिल्लाहरुमा प्रभारी/सह-प्रभारी खटाउने निर्णय गरेकोछ l
1.ताप्लेजुङ – सनम लिम्बू (प्रभारी)
2.इलाम – रमेश योङ्हाङ (प्रभारी)
3.पाँचथर – सनम लिम्बू (प्रभारी)
4.झापा – प्रेम थुलुङ राई (प्रभारी)
5.मोरंग – चन्द्र प्रसाद राजवंशी (प्रभारी)
6.सुनसरी – संतोष मेहता (प्रभारी), प्रोफेसर कुन्जीलाल यादव (सहप्रभारी)
7.सप्तरी – केशव झा (प्रभारी), गजेन्द्र कुमार मण्डल (सहप्रभारी)
8.सिरहा – अनिल कुमार सिंह (प्रभारी)
9.धनुषा – डा. राजिव झा (प्रभारी), संजय चौधरी (सहप्रभारी)
10.महोत्तरी – रमण पाण्डेय (प्रभारी),
11.सर्लाही – राम नरेश राय (प्रभारी), मो. हुसेन खान (सहप्रभारी), गौरीनारायण साह (सहप्रभारी)
12.रौतहट-जयलाल साह (प्रभारी),मो. शेख मंजिर (सहप्रभारी)
13.बारा – अनिल महासेठ (प्रभारी)
14.पर्सा – नेजामुद्दिन समानी (प्रभारी)
15.मकवानपुर – भिम रुम्बा (प्रभारी)
16.चितवन – भिम रुम्बा (प्रभारी)
17.नवलपरासी – विजय अग्रहरी (प्रभारी)
18.रुपन्देही – ओम प्रकाश यादव (प्रभारी)
19.कपिलवस्तु – रविदत्त मिश्रा (प्रभारी)
20.दाङ – प्रकाश पाण्डे (प्रभारी)
21.बाँके – आशिष् गुप्ता (प्रभारी)
22.वर्दिया – फोनिराम चौधरी (प्रभारी)
23.कैलाली – फोनिराम चौधरी (प्रभारी)
24.कंचनपुर – अम्बादत्त तिवारी (प्रभारी)
25.काठमाडौं – सुमन सायमी (प्रभारी)
26.ललितपुर – बेबी राजभण्डारी (प्रभारी)
27.भक्तपुर – रबिन्द्र कुमार श्रेष्ठ (प्रभारी)
28.सिन्धुपाल्चोक – मिङमार तामाङ (प्रभारी)
29.धादिङ – राजेन्द्र पाठक (प्रभारी)
30.रुकुम-पश्चिम – जुनतारा पुनमगर (प्रभारी)
31.अछाम – शेर बहादुर शाह (प्रभारी)
32.स्याङ्जा – कमला कुमारी गुरुङ (प्रभारी)
33.नुवाकोट – रबिन्द्र कुमार श्रेष्ठ (प्रभारी)
34.काभ्रे – बलराम वाग्ले (प्रभारी)
35.बाग्लुङ – जुनतारा पुन मगर (प्रभारी)
36.हुम्ला – कमल बहादुर ऐडी (प्रभारी)
37.बाजुरा – जित बहादुर निशानी (प्रभारी)
38.पर्वत – नवीन पुन (प्रभारी)
३९.धनकुटा – प्रेम थुलुंग राई (प्रभारी)
४०.रुकुम पुर्व – हिरा पुन मगर (प्रभारी)
४१.रोल्पा – अनुप पुन मगर (प्रभारी)
सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय