प्रधानमन्त्रीले मुलुक संकटको अवस्थामा रहेकाले अहिले शरीर थकित भयो भन्दै विश्राम लिने अवस्था नरहेको बताएका छन्।
उनले विपद्को यस कठिन घडीमा राज्यका सबै संयन्त्र सक्रिय भएर नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा जुट्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउँदै संकटबाट बाहिर निकाल्न सरकार निरन्तर सक्रिय रहेको बताए।



