मधेश प्रदेशका सांसद सिंहका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहका स्वकीय सचिवलाई जनकपुरबाट नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई नियन्त्रणमा लिनुको साथै सांसदले प्रयोग गर्दै आएको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सांसद सिंहसमेतले नक्कली उपभोक्ता समिति गठन गरेको देखाएर खातामा दाखिला भएको रकम निजी सचिव कायस्थमार्फत झिकी आफ्नो र श्रीमतीको खातामा बैंक दाखिला गरेको उजुरीको आधारमा अनुसन्धान अघि बढाइएको हो ।

सांसद सिंह जसपा नेपालका सांसद हुन् ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय