बाराको विश्रामपुर गाउँपालिकाको १७औ गाउँसभा अवधिबेशन कार्यक्रम सम्पन्न/

रामजी यादव ७ असाढ पर्सा# बाराको विश्रामपुर गाउँपालिका कार्यपालिकाको सभाहलमा आ.ब.०८२/०८३को बजेट प्रस्तुत तथा १७औ गाउँसभा अवधिबेशन कार्यक्रम सम्पन्न भएको छ। विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुटो को अध्यक्षतामा गाउँसभा अवधिबेशन कार्यक्रम सम्पन्न भएको हो।आ.बर्ष.०८२/०८३ को कुल बजेट रु.३२,४,४९,५२८/-को प्रस्तुत गरिएको छ।

आ.ब.०८२/०८३ को कृषि तथा पशुपंक्षीलाई प्राथमिकता राखी अझ प्रभावकारी बनाउन रु.४०,०००००/-(चालिस लाख)को बजेट बिनियोजन भएको छ भन्ने स्वास्थ्यमा ५०,०००००/-(पचास लाख)को बजेट बिनियोजन भएको छ।साथै शिक्षालाई अझ गुणस्तरीय तथा प्रभावकारी बनाउन १,८२,०००००/-(एक करोड बेरासी लाख)को बजेट बिनियोजन गरि बिश्राम गाउँपालिका वडानं.२का वडाध्यक्ष मनोज यादवले प्रस्तुत गर्नुभयो।बाराको विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले स्वागत मन्तव्य राखेका थिए।विश्रामपुर गाउँपालिकाको १७औ गाउँसभा अवधिबेशन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रियाङका देबी, गाउँपालिकाका बिभिन्न वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य,कर्मचारी लगायत संचारकर्मी तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय