नुवाकोट । बाढीका कारण क्षति पुगेका झोलुङ्गे पुलहरूको मर्मत तथा पुनःस्थापनाको काम सुरु गरिएको छ। पुल मर्मतपछि लामो समयदेखि प्रभावित बनेको त्रिशूली नदी वारिपारिको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
बाढीले पुलमा क्षति पुर्याएपछि स्थानीयवासीलाई आवतजावतमा कठिनाइ हुँदै आएको थियो। मर्मत कार्य अघि बढेसँगै स्थानीयमा पुनः नियमित आवागमन सुरु हुने आशा पलाएको छ।
सम्बन्धित निकायले क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गर्दै आवश्यक मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइरहेको जनाएको छ।



