नवनियुक्त तीन जना मन्त्रीले शपथ ग्रहण

नवनियुक्त तीन जना मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई शपथ ग्रहण गराएका हुन् ।

अधिवक्ता अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी पूर्वअर्थसचिवसमेत रहेका खनाललाई अर्थ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय