जनकपुरधाममा श्री भैरव सार्वजनिक पुस्तकालय तथा रजौल युवा क्लबको आयोजनामा वृक्षरोपण, सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पर्यावरण अभियानी अम्भु प्रसाद साहको विशेष सहभागिता रहेको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणबारे छलफल गरिएको थियो।
अभियानी साहले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउँदै वृक्षरोपणसँगै बिरुवाको संरक्षण र सार्वजनिक स्थानको नियमित सरसफाइमा जोड दिए।
उनले “जुन गते, त्यही नम्बर वडामा” अभियानअन्तर्गत विभिन्न वडामा वृक्षरोपण, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताए।
कार्यक्रममा स्थानीय युवा, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो।



