रामजी यादव ९मंसिर पर्सा# जनता समाजबादी पार्टी नेपालको वीरगंजमा बिस्तारित बैठक सम्पन्न भएको छ।जनता समाजबादी पार्टी नेपालको केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो।
बीरगंजमा भएको बिस्तारित बैठकमा बोल्दै प्रमुख अतिथि तथा केन्द्रीय अध्यक्ष यादवले मधेश र मधेशीहरुको हक र अधिकारका लागि सधै लडिरहने पार्टी जसपा नेपाल भएको पुष्टि गर्नुभयो।जनता समाजबादी पार्टी नेपाल मधेशी गरीब, दलीत, उत्पीडित, असहाय, निमुखा, जनजाति, बिभिन्न धर्म, हिन्दू, मुस्लिम लगायत अन्य समुदायको हक अधिकारको लागि लडदै आएको पार्टी जसपा नेपाल भएको स्पष्ट पार्नु भयो।अन्य पार्टी र पार्टी का दलालहरु संघियतालाई समाप्त नै पार्न खेल खेल्दै आएको बताउनु भयो।
फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावलाई मध्यनजर गरि आफ्नो पार्टीका सक्रिय नेता तथा कार्यकर्तालाई तैयारीमा रहन अनुरोध गर्नु भयो। जनता समाजबादी पार्टी नेपालको जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको बिस्तारित बैठक कार्यक्रममा जनता समाजबादी पार्टी नेपालका महासचिव तथा पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी, केन्द्रीय सदस्य सुरेन्द्र कुर्मी,केन्द्रीय सदस्य फिरोज मुंसुर, केन्द्रीय सदस्य बिरेन्द्र यादव, शशीकपुर मिया, महिला केन्द्रीय सदस्य रेखा साह, करिमा बेगम, श्याम बाबु चौरसिया , मौलाना नुरहोदा, सुधिरनाथ पाडें, महाराज यादव, धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान, बृजमोहन तिवारी, लगायत पार्टीका नेता तथा कार्यकर्ताहरु उलेख्नीय सहभागिता रहेको थियो। जसपा नेपाल पर्सा जिल्ला उपाध्यक्ष तथा महानगरपालिका ११ वडाका वडाध्यक्ष अजय चौरसियाले स्वागत मन्तव्य गरेका थिए ।



