जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेताहरु काठमाडौँमा धोती दिवस मनाए

जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरु माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका छन् । उनीहरुले मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी थिए ।

मधेशी समुदायले सन् २०१६ देखि जनवरी १ तारिखको दिन धोती दिवस मनाउन सुरु गरेका हुन् ।

उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय