अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालबीच कार्यगत एकता घोषणा हुँदैछ। बिहीबार (भोलि) काठमाडौंमा एक कार्यक्रमका बीच दुई पार्टीबीच कार्यगत एकताको घोषणा हुँदैछ।
जसपा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको पार्टी हो भने रामुपा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट विभाजन भएर बनेको पार्टी हो।
अहिले मधेसकेन्द्रित सात दलहरूले सङ्घीय लोकतान्त्रिक मोर्चा बनाएका छन्। तर, मोर्चा अपेक्षित रूपमा सक्रिय हुन सकेको छैन। यहीबेला जसपा र रामुपाले पार्टी एकताको उद्देश्यसहित कार्यगत एकता गर्न लागेका छन्। मोर्चामा यी सबै दलहरू छन्।



