जनकपुरधाममा अब ३६५ दिन नै निःशुल्क भोजन सेवा!

जनकपुरधाममा लायन्स क्लब अफ जनकपुरधाम वनताराको आयोजनामा दैनिक निःशुल्क भोजन सेवा कार्यक्रम सञ्चालन हुने भएको छ।

भोकलगायत भोजन, सेवामा सम्पूर्ण” भन्ने मूल नाराका साथ असहाय, विपन्न तथा भोजनको अभावमा रात बिताउन बाध्य व्यक्तिहरूलाई लक्षित गरी वर्षभरि नै निःशुल्क भोजन उपलब्ध गराइने आयोजकले जनाएको छ।

📅 शुभारम्भ: भदौ १९ गते, शुक्रबार
🕡 समय: साँझ ६:३० देखि ८:३० बजेसम्म
📍 स्थान: हस्पिटल रोड, बाह्रबिघाको अगाडि, जनकपुरधाम

लायन्स क्लब अफ जनकपुरधाम वनताराका निर्देशक अम्भु प्रसाद साहले अभियानमा सहकार्य, समन्वय तथा सहभागिताका लागि सम्पूर्ण जनकपुरधामवासीलाई हार्दिक अनुरोध गर्नुभएको छ।

❤️ सेवा नै धर्म हो। एक छाक भोजन, कसैका लागि ठूलो सहारा बन्न सक्छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय