कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को समेत आंशिक प्रभाव

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को समेत आंशिक प्रभाव छ। कोशी प्रदेश र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आंशिकदेखि साधरणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय