एलआईसी नेपालद्वारा बाढी प्रभावितका लागि रु. १ करोड २५ लाख सहयोग

हालैको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड २५ लाख आर्थिक सहयोग गरेको छ।

एलआईसी नेपालले विपद्मा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्का समयमा राज्य र समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय