काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकमा आइतबार कार्यदलले पेस गरेको एकीकृत प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठकले आजदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेण्डासमेत तय गर्नेछ।
केन्द्रीय समिति बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्नेछ।
पछिल्लो निर्वाचनको परिणामपछि एमालेभित्र पार्टी पुनर्गठनलगायत विषयमा छलफल हुँदै आएको थियो। यसै क्रममा संकलित सुझाव र विभिन्न प्रतिवेदनलाई समेटेर कार्यदलले एकीकृत प्रतिवेदन तयार गरी सचिवालयमा पेस गरेको हो।



