मन्त्री महावीर पुनका अनुसार चीन सरकारबाट उद्धार कार्यमा प्रयोग गर्न सहयोगस्वरूप प्राप्त ४ वटा ठूला ड्रोनको परीक्षण गरिएको छ।
तीमध्ये एउटा ड्रोनले ८० किलोसम्मको भार बोक्न सक्ने क्षमता राख्छ। परीक्षणपछि ती ड्रोनहरू आजै बाढी प्रभावित रसुवा क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि पठाइँदै छन्।
कठिन भूगोलमा खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन ड्रोनको प्रयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।



