आधारभुत तालिम” समुद्घाटन कार्यक्रम बीरगंजको सभाहलमा सम्पन्न

रामजी यादव २६जेष्ठ पर्सा# बीरगंज महानगरपालिका र सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साको समन्वय तथा सहकार्यमा “बिपद् स्वयंसेवक परिचालन आधारभुत तालिमको बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिहले एक कार्यक्रमका बीच समुद्घाटन गरि शुभ-आरम्भ गर्नुभयो ।

जेष्ठ महिना पछि आउदै गरेको बर्षायाम तथा मन्सुन जन्य विपद् तथा अन्य किसिमका प्राकृतिक मानव जन्य विपद्हरुलाई समेत मध्यनजर गरि विपद् उद्धार कार्यमा स्थानिय समुदायको समेत सक्रियता र सहभागिता गराउने उदेश्यले बिरगंज महानगरपालिका कार्यालयको सभाहलमा आयोजित कार्यक्रमा महानगरपालिका अन्तर्गत रहेका ३० जना प्रशिक्षार्थिहरु सहभागि गराई २१ दिनको “समुदाय विपद स्वयंसेवक परिचालन आधारभुत तालिम” को आज शुभ-आरम्भ गरिएको हो।

उक्त कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह रहनुभएको थियो भन्ने बिशिष्ठ अतिथिमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहनु भएको थियो। आउदै गरेको बर्षायाममा अत्याधिक हावाहुरी तथा वर्षाको प्रकोपबाट हुने जनधनको क्षति न्युनिकरण तथा रोकथाम गर्ने उदेश्ले विपद् स्वयंसेवक आधारभुत तालिमको आयोजना गरि शुभ आरम्भ भएको छ ।

सशस्त्र प्रहरी बल नं.१३ गण हे.क्वा.पर्साका गणपति राधेश्याम धिमालको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरिक्षक गौतम मिश्र, बिरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्ण, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनाल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्साका अध्यक्ष बृज किसोर पटेल लगायत बुद्धिजिबीहरुको उपस्थिति रहेको थियो

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय