आज सुनको मूल्यले नयाँ रेकर्ड तोलाको १ लाख  ८५ हजार

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज (शुक्रबार) सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य  पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय