back to top
24.1 C
Kathmandu
Thursday, May 22, 2025

जनमत पार्टीका अध्यक्ष राउत ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरे

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।

श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि मुद्दा हालेका हुन्। राउतकी श्रीमती सोनी भारतीय नागरिक हुन्।

महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल बस्दै आएका राउतले सम्बन्ध नमिलेका कारणले विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन्।

राउतले मुद्दामा आफ्ना दुई छोरी र एक छोरालाई पनि आफैँसँग राख्न माग गरेका छन्।

मुद्दामा राउतले आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, पटक–पटक सँगै नबस्ने भन्दै माइत गइरहने, घरपरिवार र बच्चाको रेखदेख नगर्ने लगायतका कतिपय समस्या उल्लेख गरेका छन्।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय