back to top
26.1 C
Kathmandu
Thursday, May 22, 2025

सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन सुझाव दिए

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन सुझाव दिएकी छन्।बुधवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर उनले उपसभामुख जस्तो व्यक्तिले असम्बन्धित मान्छेलाई अमेरिका लैजान सिफारिश गर्नु पदीय जिम्मेवारीविपरीत र अपराधजन्य कार्य भएको पनि बताए।

यस सभामा उपसभामुखमाथि प्रश्न उठेका छन् सभामुख महोदय। प्रश्न इन्दिरा राना मगरमाथि होइन, उपसभामुख इन्दिरा राना मगरको हो। उपसभामुखको पदीय जिम्मेवारी र मर्यादाको कुरा हो‚ सांसद गौतमले भनिन्, उपसभामुख जस्तो जिम्मेवारीमा रहेर असम्बन्धित व्यक्तिहरुलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिश गर्नु पदीय दुरुपयोग हो र यो गम्भिर अपराधसमेत हो।

उनले महिलाको कुरा गरेर, करुणाको कुरा गरेर उपसभामुखबाट भएको गल्तीलाई माफी दिन नसकिने पनि बताइन्। सांसद गौतमले पदबाट राजीनामा दिएर उपसभामुख रानाले इमानको मानक राख्न सक्नुपर्ने समेत बताइन्।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय