back to top
9.1 C
Kathmandu
Wednesday, December 25, 2024

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ वडाध्यक्ष ४ लाख ५० हजार रुपैयाँ घुस घुस लिइसकेको अवस्थामा पक्राउ

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बसहियाका वडाध्यक्ष उपेन्द्र सहनी घुसको रकमसहित पक्राउ परेका छन् । घरजग्गा बाटोको सिफारिश गरिदिने भन्दै एकजना सेवाग्राहीसंग लगभग ४ लाख ५० हजार रुपैयाँ घुस लिए पछि सहनी पक्राउ परेका हुन् ।

एकजना सेवाग्राहीसँग उनको वडा नम्बर–२४ स्थित जग्गाको घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि कार्यालय सहयोगी मण्डलमार्फत साढे ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको छ ।

वडाअध्यक्ष उपेन्द्र सहनी सहित सोही कार्यालयका वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डल समेत पक्राउ परेका छन्।

अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताइएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय