भदौ २५ काठमाडौ/आज बाट बुद्ध एयरलाइन्सलले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन)जहाजको व्यावसायिक उडाउन सदाका लागि बन्द गरेको छ । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरेका छन
यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ । ७० हजार साइकल पूरा गरेपछि व्यवसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई आजबाट उडाउन बन्द गरिएको हो ।