back to top
26.2 C
Kathmandu
Tuesday, May 20, 2025

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहेको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर दुई हजार छ सय ३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ ।
आज तीन सय २८ कम्पनीको एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता शेयर ९३ हजार चार सय ५९ पटक खरिदबिक्री हुँदा रु सात अर्ब २४ करोड ५५ लाख ६८ हजार चार सय २१ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम पछिल्लो करिब दुई महिनायताकै न्यून हो । आजको कारोबारमा ‘सेन्सेटिभ इन्डेक्स’ एक दशमलव ८० र ‘फ्लोट इन्डेक्स’ शून्य दशमलव ९१ अङ्कले घटेको छ ।
आज व्यापार समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ११, विकास बैङ्क शून्य दशमलव ६९, वित्त शून्य दशमलव ९९, जलविद्युत् शून्य दशमलव ७१, लगानी शून्य दशमलव ५३ र जीवन बीमा समूह शून्य दशमलव ७६ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८, लघुवित्त शून्य दशमलव ९१, निर्जीवन बीमा शून्य दशमलव ४० र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।
सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय