back to top
17.1 C
Kathmandu
Thursday, May 22, 2025

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पारा ओलम्पिककी पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पारा ओलम्पिककी पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्।

खुलमटारमा शुक्रबार उनले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गरेका हुन्।

पलेशाको जीत राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्धनमा ऐतिहासिक बन्न पुगेको उल्लेख गर्दै उनले आगामी ओलम्पिकमा पनि थप सफलताका लागि शुभकामना व्यक्त गरे।

यो जीतका लागि आधार तयार पार्ने प्रशिक्षक, व्यवस्थापक, तेक्वान्दो संघ र घरपरिवारलाई राष्ट्रका लागि योगदान गरेकोमा उनले धन्यवाद र बधाई दिए।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय