चितवन भरतपुर महानगरपालिका-२९ सत्रकिलोस्थित मुग्लिङ सडक खण्डमा गुडिरहेको बसमाथि ढुंगा खसेको छ। एक्कासी ढुंगा खसेपछि बस अनियन्त्रित्र भएर सडकमा पल्टिदा १९ जना यात्रु घाइते भएका छन्।
रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर १९ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।