back to top
16.1 C
Kathmandu
Monday, December 23, 2024

प्रधानमन्त्री केपी ओलीले कीर्तिमान राख्ने गरी योजना ल्याउन मन्त्रीहरूलाई निर्देशन दिएका

प्रधानमन्त्री केपी ओलीले कीर्तिमान राख्ने गरी योजना ल्याउन मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मन्त्रीहरूसँग करार सम्झौता गर्ने गृहकार्य गरिरहेका ओलीले बिहीबार मन्त्री, मुख्यसचिव, सचिवहरू र राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफलका क्रममा नतिजा देखिने गरी विकासको काम अगाडि बढाउन निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री नियुक्त भएको एक महिना पुगेपछि मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता गर्ने तयारीमा रहेका ओलीले पहिलो चरणमा सबै मन्त्रालयको बजेट कार्यान्वयनको अवस्था र तीन महिनाभित्र गर्न सकिने नतिजामुखी कामबारे ब्रिफिङ लिएका छन् । मन्त्रालयहरूले वार्षिक प्रगति समीक्षा, चालू आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारले सय दिनभित्र गर्ने मुख्य कामबारे ब्रिफिङ सुनेपछि उनले अहिलेसम्मकै रेकर्ड तोड्दै आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्रालयहरूले ठोस, व्यबहारिक र मूर्त योजना तयार पारेपछि पुनः प्रधानमन्त्रीले छलफल गर्नसक्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले बताए ।

‘मन्त्रालयहरूका तर्फबाट मोटामोटी खाका प्रस्तुत भएपछि प्रधानमन्त्रीले आम जनतालाई प्रभाव पार्ने, नतिजा दिने बस्तुगत, व्यबहारिक र मूर्त लक्ष्यसहित अहिलेसम्मकै रेकर्ड तोडिनेगरी काम गर्न योजना बनाउन निर्देशन दिनुभएको छ’ आचार्यले भने, ‘प्रधानमन्त्रीको निर्देशनअनुसार योजना बनिसकेपछि अन्तिम रुप दिन फेरि एकपटक अन्तिम छलफल हुनसक्छ ।’

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय