काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले घटेर २ लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ४ हजार ३५५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



