प्रधानमन्त्री वालेन्द्र शाहको प्रहरी अधिकृतलाई निर्देशन: दबाब र प्रभावमा नपरी निष्पक्ष काम गर्नुहोस्

प्रधानमन्त्री वालेन्द्र शाहको प्रहरी अधिकृतलाई निर्देशन: दबाब र प्रभावमा नपरी निष्पक्ष काम गर्नुहोस्

प्रहरी निरीक्षक आधारभूत तालिम (१–१८४औँ समूह) को दीक्षान्त समारोहमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अधिकृतहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी इमानदारी, निष्ठा र अनुशासनका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभएको छ।

उहाँले संविधान र प्रचलित कानुनको पालना गर्दै भेदभावरहित सेवा प्रवाह गर्न तथा अपराध अनुसन्धानमा सूचना प्रविधिको सही प्रयोग गर्न जोड दिनुभएको छ।

प्रधानमन्त्री शाहले प्रहरी संगठनलाई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न आग्रह गर्दै आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

#AayoSamachar #BalendraShah #NepalPolice #BreakingNews

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय